हङकङबाट आज स्वदेश फर्किँदै देउवा, विमानस्थलमा भव्य स्वागत गर्ने इतर पक्षको तयारी
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा आज स्वदेश फर्किँदैछन् । हङकङबाट देउवा आज मध्यान्ह नेपाल आइपुग्ने कार्यक्रम छ । जेनजी आन्दोलनका क्रममा गरिएको सांघातिक आक्रमणमा घाइते बनेपछि देउवा उपचारका लागि सिंगापुर गएका थिए ।
त्यसपछि उनी सिंगापुरबाट हङकङ गएका थिए । देउवा दम्पती सिंगापुरमै रहेका बेला उनीहरूविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि पक्राउ पुर्जीसमेत जारी भएको थियो । तर पक्राउ पुर्जी रोक्न माग गर्दै वारेसमार्फत उनी सर्वोच्च अदालत गएका थिए ।
सर्वोच्च अदालतले देउवा दम्पतीलाई तत्काल पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको थियो । देउवा आज स्वदेश फर्किन लागेपछि कांग्रेसको इतर पक्षले विमानस्थलमा भव्य स्वागत गर्ने तयारी गरेको छ ।
ताजा अपडेट
-
नापजाँच सकिएको ४ वर्षपछि भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा
-
सिंहदरबारमा खाद्य व्यापार कम्पनीको बिक्री कक्ष सञ्चालन
-
स्वदेश फर्किएका देउवाले भनेः ‘शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको हुँ’
-
किशोर श्रेष्ठ पक्राउप्रति पत्रकार महासंघको आपत्ति
-
मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै


प्रतिक्रिया