गगनलाई अस्वीकार गरेर कांग्रेस अघि बढ्दैन : सुजाता कोइराला
काठमाडौं — नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले पार्टी एकताका लागि दुवै पक्षले त्याग र समझदारी गर्नुपर्ने बताएकी छन्। शुक्रबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उनले सभापति गगन थापाको नेतृत्वप्रति आफू पूर्ण विश्वस्त रहेको बताइन्।
कोइरालाले पूर्वसभापति शेरबहादुर देउवा पक्षले पनि इगो र जिद्दी त्यागेर थापालाई स्वीकार गर्दै अघि बढ्नुपर्ने धारणा राखिन्। ‘एउटा पक्षले सबै छाड्ने र अर्को पक्षले इगो राखेर जाने कुरा सहन सकिँदैन,’ उनले भनिन्।
उनले कांग्रेसभित्रको विवाद समाधानका लागि एकता महाधिवेशन गर्नुपर्ने बताउँदै संगठन सुदृढीकरण र सदस्यता विस्तारमा ध्यान दिन आग्रह गरिन्।
कोइरालाले आफ्नो पुस्ताका नेताहरूले पदका लागि संघर्ष नगरी नयाँ पुस्तालाई नेतृत्वमा अघि बढाउनुपर्ने बताइन्। कांग्रेस पुनः शक्तिमा फर्किएर आगामी दिनमा बहुमत ल्याउन सक्ने विश्वाससमेत उनले व्यक्त गरिन्।
ताजा अपडेट
-
कांग्रेसको बन्द सत्रमा सबैलाई प्रवेश खुला, प्रत्यक्ष प्रसारण हुने
-
मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार
-
मालढुंगा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने
-
कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दैछन् ?
-
बाढी र पहिरोका कारण विभिन्न राजमार्ग तथा सडकखण्ड प्रभावित


प्रतिक्रिया