NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ भदौ ४ गते

ट्रम्पले गरे इरानमाथि कडा आर्थिक प्रतिबन्धको घोषणा

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध हालसम्मकै कडा ‘आर्थिक कारबाही’ सुरु गर्ने घोषणा गरेका छन्। दुई देशबीच वार्ता असफल भएपछि ट्रम्पले इरानलाई सहयोग वा आर्थिक राहत दिने जुनसुकै मुलुकले पनि कडा वित्तीय कारबाहीको सामना गर्नुपर्ने चेतावनी दिएका छन्।

सामाजिक सञ्जालमार्फत जानकारी दिँदै राष्ट्रपति ट्रम्पले अमेरिकाको मुख्य उद्देश्य इरानलाई आणविक हतियार निर्माण गर्नबाट रोक्नु रहेको स्पष्ट पारेका छन्। यद्यपि, उनले भविष्यमा कुनै मोडमा इरानसँग पुनः वार्ता हुन सक्ने सम्भावनालाई भने खुला नै राखेका छन्।

विश्लेषकका अनुसार ट्रम्पको पछिल्लो वक्तव्यमा सैन्य कारबाही वा सैन्य शक्तिको प्रयोगबारे कुनै उल्लेख गरिएको छैन। यसअघिका सातामा सैन्य आक्रमणको चेतावनी दिँदै आएका ट्रम्पले यसपटक भने पूर्ण रूपमा ‘आर्थिक नाकाबन्दी’ र रणनीतिक घेराबन्दीमा ध्यान केन्द्रित गरेका छन्।

इरानको तेल निर्यात ठप्प पार्न रणनीतिक जलमार्ग ‘स्ट्रेट अफ हर्मुज’ मा अघि बढाइएको कदमसँगै अमेरिकाले थप कडा आर्थिक नीति लिने संकेत गरेको छ। तर, इरानसँग व्यापार वा सम्बन्ध राख्ने अन्य तेस्रो मुलुकहरूमाथि कस्तो प्रकारको कारबाही हुन्छ भन्ने विस्तृत विवरण भने सार्वजनिक भइसकेको छैन।

 

ताजा अपडेट

नेपालवाच विशेष