प्रधानमन्त्री कार्यालयले भन्यो-प्रधानमन्त्रीको मुस्ताङ भ्रमण निजी
काठमाडौं । प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्री बालेन साहको मुस्ताङ भ्रमण निजी भएको बताएको छ । शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गरेको नियमित पत्रकार सम्मेलनमा कार्यालयका प्रवक्ता हेमराज अर्यालले प्रधानमन्त्रीको भ्रमण निजी भएको बताएका हुन् ।
उनले प्रधानमन्त्रीको निजी भ्रमण भएकाले थप जानकारी निजी सचिवालयबाट लिन आग्रह गरे । उनले भने, ‘सम्माननीयको यो भ्रमण निजी हो । अन्य बुझ्न परे उहाँको सचिवालयमा बुझ्न सकिनेछ ।’ प्रधानमन्त्री साह आज पोखरा हुँदै मुस्ताङ भ्रमणमा निस्किएका छन् ।
ताजा अपडेट
-
सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोर–जी सेवा
-
सुदूरपश्चिम जाँदै मन्त्री प्रतिभा रावल, सहकारीदेखि भूमिहीनका समस्या सुन्नेसम्मको कार्यक्रम
-
प्रधानमन्त्री कार्यालयले भन्यो-प्रधानमन्त्रीको मुस्ताङ भ्रमण निजी
-
रासायनिक मलको समस्या अध्ययन गर्न सरकारद्वारा १२ सदस्यीय कार्यदल गठन
-
अर्थमन्त्री डा. वाग्ले भन्छन्-‘नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन’


प्रतिक्रिया