आइपिएलमा गुजरातको सातौं जित
काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) मा गुजरात टाइटन्सले सातौं जित हासिल गरेको छ । गएराति सम्पन्न खेलमा सनराइजर्स हैदरावादलाई हराउँदै गुजरात विजयी भएको हो ।
हैदरावादले १९६ रनको लक्ष्य दिएकोमा गुजरातले अन्तिम ओभरको अन्तिम बलमा ५ विकेट गुमाएर पूरा गर्यो ।
गुजरातका लागि ऋद्धिमान साहले ६८, शुभमन गिल २२ र डेभिड मिलरले १७ रनको योगदान दिए । त्यसैगरी, राहुल तेवटियाले ४० तथा राशिद खानले ३१ रनको नटआउट पारी खेले ।
पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित ओभरमा ६ विकेट गुमाएर १९५ रन बनायो । हैदरावादका लागि अभिषेक शर्माले ६५, एडेन मार्करमले ५६ शशांक सिंहले २५ रन जोडे ।
योसँगै गुजरात ८ खेलबाट १४ अंक जोड्दै शीर्ष स्थानमा उक्लिन सफल भएको छ । राजस्थान रोयल्स दोस्रो हैदराबाद तेस्रो स्थानमा छन्।
ताजा अपडेट
-
नेपाल प्रहरी र सशस्त्र प्रहरीका कर्मचारीले १६ वर्षमै पेन्सन पाउने
-
पोखराको प्राइम सहकारीमा डेढ अर्ब हिनामिना, अध्यक्षसहित आठ पक्राउ
-
लागूऔषध मुद्दामा ७७ जना पक्राउ
-
‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ सञ्चालन गरिने
-
पाठेघर क्यान्सरविरुद्ध खोपलाई जिल्ला अस्पतालसम्म बिस्तार गरिने
प्रतिक्रिया