भोटेकोशी बाढीः प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार र राहत तीव्र
काठमाडौँ। रसुवास्थित नेपाल–चीन सीमा क्षेत्रबाट बहने भोटेकोशी नदीमा आएको बाढीबाट बढी प्रभावित क्षेत्रलाई केन्द्रित गरी खोज, उद्धार र राहत कार्यलाई तीव्र तुल्याइएको छ ।
नेपाली सेनाको कमाण्डमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोली आज बिहानैदेखि बाढीग्रस्त क्षेत्रमा फसेका नागरिकको उद्धार, हराइरहेका व्यक्तिको खोजी र विस्थापितलाई राहत दिन क्रियाशील रहेको सैनिक प्रवक्ता राजाराम बस्नेतले जानकारी दिए ।
सेनाले रसुवाको स्याफ्रूबेँसी, टिमुरे र मैलुङ क्षेत्रमा फसेका स्वदेशी तथा विदेशी १२० जनाको हवाई उद्धार गरेको छ । बाढी प्रभावित क्षेत्रमा दुई हजार ३५० सैनिक परिचालन भएका प्रवक्ता बस्नेतले जानकारी दिए ।
ताजा अपडेट
-
योभन्दा ठूलो प्रकोपको जोखिममा छौं, किनारका बस्तीबारे सोचौं
-
किशोरीमा यौन शिक्षाको अभाव, अपराधजन्य घटनामा संलग्नता बढ्दै
-
बाढी प्रभावित पशुपन्छीका लागि निःशुल्क औषधि उपलब्ध गराउने कान्तिपुर भेट डिस्ट्रीब्युटर्सको घोषणा
-
सुनको भाउ १२ सयले घट्यो
-
भोटेकोशी बाढीः प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार र राहत तीव्र


प्रतिक्रिया