बेलायतका राजा चार्ल्स द्वारा बाढी पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त
काठमाडौँ- बेलायतका राजा चार्ल्स तृतीयले नेपाल-चीन सीमा क्षेत्रमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्।
उनले बिहीबार एक सन्देशमार्फत बेलायतका धेरै मानिसहरूको यस क्षेत्रसँग बलियो, गहिरो र व्यक्तिगत सम्बन्ध रहेको उल्लेख गर्दै आफ्ना प्रियजनहरू गुमाएकाहरूप्रति गहिरो समवेदना व्यक्त गरेका हुन्।
साथै राजा चार्ल्सले साथीभाइ तथा आफन्तहरूको अवस्थाबारे चिन्तित हुँदै व्यग्रतापूर्वक खबरको प्रतीक्षा गरिरहेका धेरै परिवारप्रति सहानुभूति प्रकट गरेका छन्।
‘अरूको सेवामा आफ्नो साहसिक कर्तव्य निर्वाह गर्ने क्रममा ज्यान गुमाएका सबै सुरक्षाकार्मीका परिवारहरूप्रति पनि हाम्रो हार्दिक सहानुभूति छ र उद्धार प्रयासमा निःस्वार्थ रूपमा खटिनुभएका सबैप्रति हामी गहिरो धन्यवाद व्यक्त गर्दछौँ,’ उनको सन्देशमा उल्लेख छ।
प्रभावित सबैप्रति विशेष सोच र प्रार्थना रहिरहने उल्लेख गर्दै राजा चार्ल्सले सधैँझैँ आवश्यकतामा रहेकाहरूलाई सहयोग र समर्थन गर्न संयुक्त अधिराज्य तयार रहेको उल्लेख गरेका छन्।
ताजा अपडेट
-
बाढीमा मृत्यु हुनेको संख्या ३८९ पुग्यो, चितवनमा मात्रै १३७ शव फेला
-
देउवा पक्षको मागअनुसार कांग्रेस महाधिवेशन रोक्न सर्वोच्चद्वारा अस्वीकार
-
उद्धार र राहत कार्य पूरा नभएसम्म राज्यका सबै संयन्त्र निरन्तर मैदानमा रहनेछन्ः प्रधानमन्त्री
-
भोटेकोशी बाढी : ३५९ को शव फेला, हेलिकप्टरमार्फत ७९६ जनाको उद्धार
-
बेलायतका राजा चार्ल्स द्वारा बाढी पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त


प्रतिक्रिया