बाढीमा मृत्यु हुनेको संख्या ३८९ पुग्यो, चितवनमा मात्रै १३७ शव फेला
काठमाडौं । बुधबार बिहान भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या ३८९ पुगेको छ।
नेपाल प्रहरीले बिहीबार साँझ सार्वजनिक गरेको विवरणअनुसार चितवनमा मात्रै १३७ जनाको शव फेला परेको छ। त्यसैगरी नवलपरासी पूर्वमा ८७, गोरखामा ३२, नुवाकोटमा २८, तनहुँमा २८ र नवलपरासी पश्चिममा २७ जनाको शव भेटिएको प्रहरीले जनाएको छ।
बाढीपछि एक हजारभन्दा बढी व्यक्ति अझै सम्पर्कविहीन रहेको जनाइएको छ। बाढीबाट ठूलो संख्यामा मानवीय क्षति भएपछि सरकारी अस्पतालमा शव व्यवस्थापनमा समेत समस्या देखिएको छ।
कम क्षमताका कारण अस्पतालहरूमा शव राख्ने स्थान अभाव हुन थालेको र व्यवस्थापन चुनौतीपूर्ण बनेको जनाइएको छ।
ताजा अपडेट
-
बाढीमा मृत्यु हुनेको संख्या ३८९ पुग्यो, चितवनमा मात्रै १३७ शव फेला
-
देउवा पक्षको मागअनुसार कांग्रेस महाधिवेशन रोक्न सर्वोच्चद्वारा अस्वीकार
-
उद्धार र राहत कार्य पूरा नभएसम्म राज्यका सबै संयन्त्र निरन्तर मैदानमा रहनेछन्ः प्रधानमन्त्री
-
भोटेकोशी बाढी : ३५९ को शव फेला, हेलिकप्टरमार्फत ७९६ जनाको उद्धार
-
बेलायतका राजा चार्ल्स द्वारा बाढी पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त


प्रतिक्रिया