NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ भदौ १५ गते

सुरुङको क्राउन ब्लास्ट गर्न सक्यौं तर भित्र पस्न असम्भव भयो : खनाल

काठमाडौं । त्रिशूली नदीमा आएको भीषण बाढीबाट ज्यान जोगाउन ‘त्रिशूली ३ ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेकाको उद्धार कार्य चुनौतीपूर्ण हुँदै गएको छ ।

रसुवा बाढीको पाँचौं दिन सरकारले चीनबाट विज्ञ झिकाएर त्रिशूली ३ एको क्राउन ब्लास्ट गरी सोमबार बिहान ३ बजे उद्धारकर्मी भित्र पठाउने प्रयास गरेको थियो । तर सुरुङको क्राउन पानीले भरिएकाले त्यहाँबाट भित्र पस्ने प्रयास असम्भव भएको छ ।

सुरुङमा फसेका व्यक्तिहरूको उद्धारका लागि निरन्तर फिल्डमा खटिएका रास्वपा सांसद् श्रीराम न्यौपानेले क्राउन ब्लास्टपछि भित्र पस्ने प्रयास असम्भव भएकाे र पहिलेदेखि निरन्तर जारी रहेको सुरुङको मुख खोल्ने कार्य अघि बढाइएकाे जनाएका छन् ।

खटिएका ‘राति करिब ३ बजे क्राउन ब्लास्ट गरियो । भित्र पस्ने आशा असम्भव भयो,’ न्यौपानेले फेसबुकमा लेखेका छन्, ‘सुरुङको क्राउन पूरै पानीले भरिएको छ । पहिलेदेखि निरन्तर जारी रहेको सुरुङको मुख खोल्ने कार्य जारी छ ।’

गत बुधबार भोटेकोशी नदी हुँदै त्रिशूलीमा प्रवेश गरेको बाढीले विभिन्न जलविद्युत् आयोजनाका ८०० भन्दा बढी कर्मचारी सम्पर्कविहीन छन् । तीमध्ये धेरै जना सुरुङमा फसेको आशंका गरिएको छ । उनीहरूको उद्धारका लागि सरकारले ढिलो गरी शनिबार चीनबाट र आइतबार भारतबाट प्राविधिक जनशक्ति ल्याएको छ । तर बाढीको छैटौं दिनसम्म पनि उनीहरूको उद्धार कार्य सफल हुन सकेको छैन ।

ताजा अपडेट

नेपालवाच विशेष