NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ भदौ १६ गते

प्रतिनिधिसभाको बैठक अनिश्चितकालका लागि स्थगित हुँदा संसदीय क्यालेन्डर प्रभावित

काठमाडौं । प्रतिनिधिसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएपछि संघीय संसद्को पूर्वनिर्धारित संसदीय क्यालेन्डर प्रभावित भएको छ।

संसदीय क्यालेन्डरअनुसार प्रतिनिधिसभाको बैठक सोमबार र मंगलबार बस्ने कार्यतालिका थियो। तर भदौ १० गते संघीय संसद् सचिवालयले सूचना जारी गर्दै बैठक अनिश्चितकालका लागि स्थगित भएको जानकारी गराएपछि निर्धारित कार्यसूचीअनुसार बैठक सञ्चालन हुन सकेन।

क्यालेन्डरअनुसार सोमबारको बैठक बसेको भए कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुने कार्यसूची थियो। त्यसैगरी शून्य समय सञ्चालन गर्नुका साथै विभिन्न वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यक्रमसमेत तय गरिएको थियो।

त्यस्तै, मंगलबारको बैठकमा संयुक्त राष्ट्रसंघीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गत राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रमा सामुद्रिक जैविक विविधताको संरक्षण तथा दिगो प्रयोगसम्बन्धी सम्झौतामाथि सामान्य छलफल गर्ने कार्यसूची थियो।

ताजा अपडेट

नेपालवाच विशेष