एलन मस्कले ट्वीटरपछि कोकाकोला किन्ने
काठमाडौं । माइक्रोब्लगिङ साइट ट्वीटर किनेर अन्तर्राष्ट्रिय बजारमा सनसनी मच्चाएका गरेका एलन मस्कले फेरि अर्को ट्वीटले सबैलाई चकित पारेका छन् । टेस्लाका सिइओ मस्कले चाँडै नै कोकाकोला किन्न लागेको बताएका छन् ।
उनले कोकाकोला किनेर पुनः यसमा कोकिन थप्ने भने पनि यो ट्वीटबाट केही स्पष्ट भएको छैन । एलन मस्कले ट्वीट गरे, ‘अब, म कोकिन फिर्ता गर्न कोकाकोला खरिद गर्छु ।’ त्यसको केही समयपछि मस्कले अर्को ट्वीट गरे ।
Next I’m buying Coca-Cola to put the cocaine back in
— Elon Musk (@elonmusk) April 28, 2022
यसमा उनले आफ्नै ट्वीटर ह्यान्डलबाट ‘अब म म्याकडोनाल्ड्स किन्छु र सबै आइसक्रिम मेसिन बनाउँछु’ लेखेको ट्वीटको स्क्रिनसट सेयर गर्दै लेखेका छन्, ‘सुन्नुहोस्, म चमत्कार गर्न सक्दिनँ ।’ यी दुई ट्वीटको बीचमा मस्कले अर्को ट्वीट गरेका छन् ।
त्यसमा उनले ट्वीटरलाई सकेसम्म रमाइलो बनाउने भनेका छन् । यसै साता एलन मस्कले ट्विटरलाई ४४ बिलियन डलरमा किनेका थिए ।
एलन विश्वका सबैभन्दा धनी व्यक्ति हुन् । उनको सम्पत्ति २७३ अर्ब डलर रहेको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया