त्रिशूली–३ ‘ए’ सुरुङबाट १०औँ दिनमा दुई जनाको जीवितै उद्धार
नुवाकोट – त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको १०औँ दिनमा जीवितै उद्धार गरिएको छ। उद्धार गरिएका दुवै जनाको परिचयसमेत खुलेको छ।
जीवितै उद्धार गरिएकामा सञ्जय साह र कविर महर्जन रहेका छन्। उद्धार टोलीले सुरुङभित्र फसेका व्यक्तिहरूसँग दोहोरो संवाद स्थापित गरेपछि उद्धार कार्य थप प्रभावकारी बनेको थियो।
यसअघि उद्धार टोलीले सुरुङभित्रबाट मानिसको आवाज सुनेको थियो। टोलीले भित्र रहेका व्यक्तिहरूलाई नआत्तिन आग्रह गर्दै उद्धार भइरहेको जानकारी गराउँदा सुरुङभित्रबाट प्रतिक्रिया आएको थियो।
१० दिनसम्म सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार भएपछि उद्धार अभियानमा खटिएका टोली तथा आफन्तमा खुसी छाएको छ। सुरुङभित्र अझै अन्य व्यक्ति फसेको हुनसक्ने भएकाले खोज तथा उद्धार कार्य जारी रहेको छ।


प्रतिक्रिया