सुनको मूल्यमा १००० रूपैयाँको गिरावट
काठमाडाैं । आइतबारयता लगातार घटिरहेको सुनको मूल्य बिहीबार पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा एक हजार रूपैयाँ घटेर ९८ हजार रूपैयाँमा कारोबार भइरहेको हो ।
बुधबार सुनको मूल्य तीन सय रूपैयाँ घटेर ९९ हजार रूपैयाँमा कारोबार भएको थियो । मंगलबार छापावाल सुन प्रतितोला नौ सय घटेर ९९ हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै छापावाल सुन सोमबार तीन सय रूपैयाँ र आइतबार चार सय रूपैयाँ घटेको थियो ।
बुधबार ९८ हजार ५ सय रूपैयाँमा कारोबार भएको तेजावी सुन बिहीबारको लागि ९७ हजार पाँच सय रूपैयाँ तोकिएको छ । बुधबार तोलामा १० रूपैयाँ घटेको चाँदी आज २० रूपैयाँ घटेको छ ।
महासंघका अनुसार आज चाँदी प्रतितोला एक हजार ३२० रूपैयाँमा कारोबार भइरहेको हो । बुधबार चाँदी तोलामा एक हजार ३४० रूपैयाँमा कारोबार भएको थियो ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया