NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २७ गते

अपी पावर कम्पनीको हदप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । अपी पावर कम्पनीको हदप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीका अनुसार लगानीर्कताले आज कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्ने छ ।

कम्पनीले गत चैत २५ गतेदेखि १०० रुपैयाँ अंकित दरको एक अर्ब आठ करोड ६० लाख रुपैयाँ बराबरको एक करोड आठ लाख ६० हजार कित्ता हकप्रद सेयर जारी गरेको थियो ।

कम्पनीले उक्त सेयर ०.३९ कित्ता सेयरको अनुपातमा निष्काशन गरेको हो । कम्पनीको हकप्रद बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

उक्त हकप्रद सेयर आवेदकले मुक्तिनाथ क्यापिटल तथा मुक्तिनाथ विकास बैंकका शाखा कार्यालय इटहरी, पोखरा, नागढुङ्गा, सुर्खेत, नेपालगञ्ज, धनगढी, विराटनगर र जनकपुर तथा ग्लोबल आइएमई बैंकका शाखा र धितोपत्र बोर्डबाट सी आश्वा अनुमति प्राप्त बैंक तथा वित्तिय संस्थामार्फत आवेदन दिन सक्नेछन् । यसका साथै आवेदकले मेरो सेयर सफ्टवेयरबाट पनि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।