एक अर्ब ३४ करोडको हुन्डी कारोबारको आरोपमा २४ वर्षीय युवक पक्राउ
जनकपुरधाम । एक अर्ब ३४ करोड रुपैयाँ बराबरको हुन्डी कारोबार गरेको आरोपमा २४ वर्षीय युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा धनुषाको सहिदनगर नगरपालिका–४ का अजय कुमार मुखिया रहेका छन्। उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले मंगलबार उनकै घरबाट पक्राउ गरेको हो।
सीआईबीका एसएसपी अनुपमशमशेर जबराका अनुसार मुखियाले मलेसियाबाट ठूलो परिमाणमा हुन्डी कारोबार गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनले विभिन्न व्यक्ति तथा संस्थाका बैंक खाता प्रयोग गरी बैंकिङ प्रणालीमार्फत नै हुन्डी कारोबार सञ्चालन गर्ने गरेको प्रहरीको भनाइ छ।
पक्राउ परेका मुखियामाथि धनुषा प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ। प्रहरीले कारोबारको प्रकृति, प्रयोग गरिएका बैंक खातालगायत विषयमा थप अनुसन्धान गरिरहेको छ।
ताजा अपडेट
-
भूमिहीनका रूपमा स्वघोषणा गरेका चार जनाको नाममा जग्गा भेटिएपछि कारबाही गर्न निर्देशन
-
एक अर्ब ३४ करोडको हुन्डी कारोबारको आरोपमा २४ वर्षीय युवक पक्राउ
-
बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग
-
नेप्से परिसूचक २१ अंकले घट्यो
-
बाढी प्रभावित क्षेत्रमा सरकारको काम तीव्र गतिमा भइरहेको छ : लामिछाने


प्रतिक्रिया