बागी उम्मेदवारी फिर्ता लिन बागमती कांग्रेसका सभापतिको आग्रह
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश समितिले सत्तारुढ पाँच दलीय गठबन्धनको आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दर्ता गराउनेलाई फिर्ता लिन निर्देशन जारी गरेको छ । प्रदेश सभापति इन्द्रबहादुर बानियाँले आज विज्ञप्ति जारी गर्दै सत्ता साझेदार दलका उम्मेदवारविरूद्ध दर्ता उम्मेदवारी फिर्ता गर्न आग्रह गरेका हुन् ।
उनले संविधान भत्काउने, सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक समावेशी व्यवस्थालाई कमजोर बनाउने शक्तिविरूद्ध वर्तमान सत्ता साझेदार दल बनेको चर्चा गर्दै स्वतन्त्ररूपमा दर्ता भएका उम्मेदवारी फिर्ता लिएर गठबन्धनको उम्मेदवारलाई निर्वाचित गराउन अपिल गरे ।
बागी उम्मेदवारी फिर्ता लिन कांग्रेस सभापति देउवाको आग्रह (पूर्णपाठसहित)
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया