दोहोरो अंकले घट्यो नेप्से, १ अर्ब ४९ करोड रूपैयाँको कारोबार
काठमाडाैं । साताको अन्तिम दिन बिहीबार नेप्से दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सेञ्च (नेप्स) का अनुसार आज नेप्से १९.९७ अंकले घटेर २३५६.२० विन्दुमा पुगेको छ ।
आज ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.३२ अंकले घटेर ४५०.२४ विन्दुमा पुगेको छ । नेप्से घटेसँगै कारोबार रकममा पनि कमी आएको छ । आज कुल २२६ कम्पनीको ४५ लाख ७४ हजार ५२० कम्पनीको सेयर खरिद बिक्री हुँदा एक अर्ब ४९ करोड ६२ लाख ४६ हजार ८०८ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक घटेको छ । आज सबैभन्दा बढी विकास बैंकको १.७७ प्रतिशतले सेयरमूल्य बढेको छ । अन्य उपसमूहममा उत्पादनको १.३४ र सामूहिक लगानी कोषको ०.१९ प्रतिशतले बढेको छ ।
बैंकिङ ०.१४, व्यापार १.४७, होटल तथा पर्यटन ०.८४, वित्त १.६९, जलविद्युत् ०.८५, लघुवित्त ०.७९, जीवन बीमा १.२२ र लगानी १.२१ अंकले घटेको छ । त्यस्तै निर्जीवन बीमा ०.३८ र अन्यको सेयर मूल्य १.४६ प्रतिशतले घटेको छ ।
आज जाल्पा लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै अर्थात ९.९९ प्रतिशतले कमाएका छन् । त्यस्तै आज गुहेश्वरी मर्चेण्ट बैंक एण्ड फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । उक्त कम्पनीले ३.९७ प्रतिशतका दरले गुमाएका हुन् ।
कारोबारको आधारमा आज सबैभन्दा बढी आइएमई जनरल इन्स्योरेन्स कम्पनीले कारोबार गरेको छ । उक्त कम्पनीले आज ५ करोड २५ लाख ४९ हजार ६०३ रूपैयाँ बराबरको कारोबार गरेको छ । त्यस्तै हिमालयन डिष्टिलरी लिमिटेडले ५ करोड ६ लाख ६१ हजार २४२ रूपैयाँको कारोबार भएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया