NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ असोज ११ गते

तिनाउले ६ घर बगायो, बस्ती जोखिममा

काठमाडौं। रुपन्देहीको तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका ११ टप मझुवा क्षेत्रमा ६ वटा घर बगाएको छ। शनिबार राति नदीमा आएको बाढीले दुई वटा पक्की र चार वटा कच्ची घर बगाएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।

ईलाका प्रहरी कार्यालय बुटवलका डिएसपि निशान्त श्रीवस्तवका अनुसार तिनाउ नदीमा आएको बाढीले टप मझुवा क्षेत्रका ६ घर बगाएको हो। लगातारको वर्षाका कारण तिनाउ नदी र आसपासका खोलामा जलस्तर बढेपछि बुटवलको तटीय क्षेत्रमा जोखिम बढेको थियो। बाढीको जोखिममा रहेका तटीय क्षेत्रका करिब २०० घर परिवारलाई सुरक्षित स्थानमा सार्ने काम गरिएको छ।

ताजा अपडेट

नेपालवाच विशेष