नेपालको अर्थतन्त्रको आकार ४१ खर्ब ५ अर्ब

काठमाडाैं । नेपाली अर्थतन्त्रको आकार एक वर्षमा ५ खर्ब रुपैयाँले बढेको छ । केन्द्रिय तथ्यांक विभागले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालको अर्थतन्त्रको आकार चालु मूल्यअनुसार आधारभूत मूल्यमा ४१ खर्ब ५ अर्ब रुपैयाँ बराबरको पुगेको छ ।
गत आर्थिक वर्ष २०७७र७८ मा चालु मूल्य अनुसार आधारभूत मूल्यमा अर्थतन्त्रको आकार ३६ खर्ब ६२ अर्ब रुपैयाँ बराबरको रहेको थियो । आर्थिक वर्ष २०७६र७७ मा भने ३४ खर्ब २९ अर्ब रुपैयाँ रहेको थियो ।
प्रतिक्रिया