NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ असोज १४ गते

भोटेकोशी बाढीमा एक हजार ४५४ शव फेला, चार हजार ७१८ अझै बेपत्ता

काठमाडौँ। भोटेकोशी बाढी तथा पहिरोमा बेपत्ता भएकामध्ये हालसम्म एक हजार ४५४ जनाको शव फेला परेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार मंगलबारसम्म विभिन्न आठ जिल्लाबाट ती शव फेला परेका हुन्।

प्रहरीका अनुसार चितवनमा सबैभन्दा धेरै ३६९ जनाको शव फेला परेको छ। त्यसपछि रसुवामा २३६, नवलपरासी पूर्वमा २३२, नवलपरासीमा २२२, गोरखामा ७९, धादिङमा ७२, तनहुँमा ३८ र नुवाकोटमा २४ जनाको शव फेला परेको छ।

केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार फेला परेका शवको पहिचानका लागि डीएनए नमुना सङ्कलनलगायत आवश्यक प्रक्रिया अघि बढाइएको छ। उनका अनुसार हालसम्म एक हजार ३३४ शव व्यवस्थापन गरिएको छ।

बाढी तथा पहिरो प्रभावित क्षेत्रमा खोजी तथा उद्धार, राहत वितरण र शव व्यवस्थापनलगायतका कामका लागि हालसम्म सात हजार ९७५ प्रहरी कर्मचारी परिचालन गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार अझै चार हजार ७१८ जना बेपत्ता छन्। उनीहरूको खोजी कार्य विभिन्न प्रभावित क्षेत्रमा जारी रहेको प्रहरीले जनाएको छ।

ताजा अपडेट

नेपालवाच विशेष