नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा वाडइबडी जहाज अवतरण

काठमाडौं । नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक वाडडबडी जहाजको सफल अवतरण भएको छ । कपिलवस्तुको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको जहाज (ए ३३०)को सफल अवतरण भएको हो ।
बिहीबार दिउसो काठमाडौंबाट तीन बजे उडान भर्ने भनिए पनि दुई घण्टा ढिलो गरी जहाज उडेकाे थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ बजे उडेको जहाज ५ बजेर ५५ मिनेट जाँदा भैरहवामा अवतरण गरेको थियो ।
२७४ सिट क्षमता भएको जहाज पूरा क्षमतामा उडाइएको थियो । जहाजमा पर्यटनमन्त्री प्रेम आले, सरकारी कर्मचारी, संचारकर्मीसहितका यात्रु थिए ।
नेपालमा एक विमानस्थलबाट अर्को विमानस्थलमा वाइडबडी जहाज अवतरण गरेको यो पहिलो हो । अब यो विमानस्थलमा विदेशी एयरलायन्सका जहाजहरूले उडान भर्नेछन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएपछि विदेशी पर्यटकको संख्यामा पनि उल्लेख्य वृद्धि हुने जनाइएको छ ।
आगामी जेठ २ गते बुद्ध पूर्णिमाको दिनदेखि यो विमानस्थलमा अन्तर्राष्ट्रिय उडान हुने जनाइएको छ ।
ताजा अपडेट
-
हिमतालको जोखिम घटाउन जिसिएफको पाँच अर्ब अनुदान
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
प्रतिक्रिया