कांग्रेसले निर्मला पन्तको हत्या प्रकरणमा छानबिन गर्न दिएन : ओली
काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले कांग्रेसले निर्मला प्रकरणको छानबिन गर्न नदिएको आरोप लगाएका छन् । महानगरपालिकामा उम्मेदवारलाई शुभकामना कार्यक्रममा ओलीले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको छानविन कांग्रेसको कारण हुन नसकेको बताएका हुन् ।
‘चुनाव आयो कि मिटुको प्रसंग आउँछ । तर महिलाको अस्मिता, अधिकार र सुरक्षाकोलागि एमाले मात्रै सजक छ’ ओलीले भने, ‘बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको घटनामा कांग्रेसले छानबिन गर्न दिएन । छानबिन गर्न नदिने गरी अगुवाइ गरे्यो ।’
सडकमा छानबिन होस् भन्ने तर भित्रभित्रै छानबिन गर्न नदिएको आरोप उनको छ । अहिले कांग्रेसकै गृहमन्त्री भएको भन्दै छानबिन गर्न उनले चुनौती दिए । तर आफू सरकारमा बस्दा छानबिन गर्न नसकेकोबारे भने प्रष्ट्याएनन् ।
काठमार्डौं महानगरमा एमालेले नै जित्ने दाबीसमेत उनले गरे ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया