माओवादीका गाउँपालिका अध्यक्ष उम्मेदवार नै एमाले प्रवेश
काठमाडौं । तीन दिनअघि तेन्जेन छेसाङ तामाङ माओवादी थिए । रसुवाको गोसाइकुण्ड गाउँपालिकाका हर्ताकर्ता उनैलाई माओवादी केन्द्रले अध्यक्षको उम्मेदवार बनाएको थियो ।
सोमबार मनोनयन दर्तापछि उनले आफूलाई जिताउन आग्रह गरेका थिए । तर त्यसको ३ दिनपछि उनी आफैं माओवादी केन्द्र परित्याग गरेर दलबलसहित नेकपा एमाले प्रवेश गरेका छन् ।
तामाङले बिहीबार एक विज्ञप्ति जारी गर्दै पार्टी त्याग गरेर एमाले प्रवेश गरेको तथा उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका छन् ।
गोसाइकुण्डमा एमाले, कांग्रेस, एकीकृत समाजवादी, माओवादी केन्द्र, राप्रपालगायत ७ जनाले अध्यक्षमा उम्मेदवारी मनोनयन गराएका थिए । उम्मेदवारले बीचमै पार्टी बदलेपछि माओवादी केन्द्र अध्यक्षको उममेदवारविहीन भएको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया