एनपीएलमा आज विराटनगर र जनकपुर तथा लुम्बिनी र पोखरा भिड्दै
काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुईवटा खेल हुँदै छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा विराटनगर किङ्ग्स र जनकपुर बोल्ट्स तथा दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्दै छन्। विराटनगर र जनकपुरबीचको खेल दिउँसो १२:३० बजे सुरु हुनेछ भने लुम्बिनी र पोखराबीचको खेल साँझ ५ बजे हुने तालिका छ।
जनकपुर बोल्ट्स तीन खेलमा दुई जित निकाल्दै अंक तालिकाको दोस्रो स्थानमा छ। हर्मित सिंहको कप्तानीमा रहेको जनकपुर आफ्नो विजयी लयलाई निरन्तरता दिँदै प्लेअफको यात्रा सहज बनाउने लक्ष्यमा छ। यता, सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किङ्ग्सका लागि आजको खेल महत्त्वपूर्ण छ। सुरुका दुई खेलमा हार व्यहोरेको विराटनगरले तेस्रो खेलमा सुदूरपश्चिम रोयल्समाथि जित हासिल गर्दै लयमा फर्किएको छ। आन्द्रे रसेलजस्ता अनुभवी विदेशी खेलाडी रहेको विराटनगर जितको यात्रालाई निरन्तरता दिन चाहन्छ।
त्यस्तै, साँझ हुने खेलमा साविक विजेता लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स भिड्नेछन्। रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिलो खेलमा जित र दोस्रो खेलमा वर्षाका कारण अंक बाँडेको थियो। अपराजित रहेको लुम्बिनी आज आफ्नो प्रदर्शन प्रमाणित गर्ने योजनामा छ। अर्कोतर्फ, कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा एभेन्जर्स दबाबमा छ। अघिल्ला दुई खेलमा हार व्यहोरेको पोखराका लागि प्रतियोगितामा टिकिरहन आजको खेल जित्नैपर्ने दबाब छ।
ताजा अपडेट
-
माधव नेपाल र मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, ७३ करोड ४९ लाख बिगो मागदाबी
-
बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
-
सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
-
एनपीएलमा आज विराटनगर र जनकपुर तथा लुम्बिनी र पोखरा भिड्दै
-
मलेखु-मुग्लिन सडक आज दुई घण्टा बन्द रहने


प्रतिक्रिया