NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ कार्तिक १८ गते

सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

सोलुखुम्बु- सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-४ फेरुचेमा दुईवटा हेलिकप्टर अवतरणका क्रममा दुर्घटनामा परेका छन्। दुर्घटनामा एक विदेशी नागरिकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान ८:११ बजे डाइनास्टिक एयर र फिस्टल एयरका हेलिकप्टर अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएका हुन्। प्रहरी निरीक्षक तथा सूचना अधिकारी मौसम तामाङले मृतक विदेशी नागरिकको पहिचान खुल्न बाँकी रहेको जानकारी दिनुभयो।

दुर्घटनामा घाइते भएका एक जनालाई प्रभु एयरको हेलिकप्टरमार्फत उद्धार गरी प्राथमिक उपचारका लागि लुक्ला लगिएको छ। घाइतेको अवस्था र दुर्घटनामा परेका हेलिकप्टरमा सवार अन्य यात्रु तथा चालक दलका सदस्यहरूको विस्तृत विवरण अझै प्राप्त हुन सकेको छैन।

हिमाली क्षेत्रमा भएको यस दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनाको थप विवरण सङ्कलन गर्ने कार्य जारी छ।

ताजा अपडेट

नेपालवाच विशेष