NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ कार्तिक २४ गते

एनपीएलमा आज दुई खेल: कर्णाली र पोखरा तथा काठमान्डु र चितवन भिड्दै

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दुईवटा खेल हुँदै छन्। पहिलो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ। यो खेल मध्याह्न १२:३० बजे सुरु हुनेछ। जारी सिजनमा पोखरा जितविहीन छ भने चार खेल खेलेको कर्णाली दुई जितसहित अंक तालिकाको छैटौँ स्थानमा छ। प्लेअफको सम्भावना कायम राख्न दुवै टोलीका लागि यो खेल महत्वपूर्ण छ।

त्यस्तै, आजै हुने दोस्रो खेलमा काठमान्डु गोर्खाज र चितवन राइनोज आमनेसामने हुनेछन्। यो खेल बेलुका ५ बजे सुरु हुनेछ। चार खेलमध्ये तीन खेल जितेको काठमान्डु ६ अंकसहित तालिकाको दोस्रो स्थानमा छ। आजको खेलमा विजयी भएर शीर्ष स्थानमा उक्लिने योजनामा काठमान्डु छ। यता, चार खेलबाट ५ अंक जोडेको चितवन तालिकाको पाँचौँ स्थानमा छ। चितवनलाई पनि प्लेअफको बलियो आधार तय गर्न जितको खाँचो छ।

ताजा अपडेट

नेपालवाच विशेष