अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टाइमको १०० प्रभावशाली व्यक्तिको सूचीमा
काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्ले प्रतिष्ठित म्यागजिन ‘टाइम’द्वारा सार्वजनिक सन् २०२६ को ‘जलवायु मुद्दाका विश्वका १०० प्रभावशाली व्यक्तित्व’को सूचीमा परेका छन्। जलवायु परिवर्तनका असर न्यूनीकरण र दिगो विकासमा योगदान पुर्याउने विश्वभरका व्यक्तित्वहरूलाई समेटेर उक्त सूची तयार पारिएको हो।
विगत २८ वर्षदेखि दिगो आर्थिक विकासको क्षेत्रमा सक्रिय डा. वाग्लेलाई विशेष गरी रसुवा-भोटेकोशीमा आएको विनाशकारी बाढीपछि उनले निर्वाह गरेको भूमिकाका कारण सूचीमा समावेश गरिएको टाइमले जनाएको छ। टाइमले डा. वाग्लेलाई छनोट गर्नुका तीन मुख्य कारणहरू औंल्याएको छ। पहिलो, भोटेकोशी बाढीपछि नेपालजस्ता अतिसंवेदनशील देशका लागि उनले गरेको जलवायु न्यायको पैरवी। दोस्रो, जलवायु संकट सामना गर्न आवश्यक पर्ने जलवायु वित्तका लागि उनले गरेका अन्तर्राष्ट्रिय पहल र स्रोत व्यवस्थापन। तेस्रो, जलवायु परिवर्तनसँग जुध्न अन्तर्राष्ट्रिय प्रणालीमा गर्नुपर्ने सुधारबारे उनले राखेका स्पष्ट विचार।
डा. वाग्लेका साथै यस सूचीमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस, बेलायती राजकुमार विलियम र युरोपेली कमिसनकी अध्यक्ष उर्सुला भोन डेर लेयेन लगायतका विश्वचर्चित व्यक्तित्वहरू पनि अटाएका छन्।
ताजा अपडेट
-
काँकडभिट्टा नाकाबाट ९८ करोडको अलैँची निर्यात
-
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टाइमको १०० प्रभावशाली व्यक्तिको सूचीमा
-
तिहारको झिलिमिली दृश्य हेर्न केबलकार चढ्दै इलासम्म
-
रसुवाको स्याफ्रुबेसीमा आजदेखि नयाँ पुल संचालनमा
-
रसुवाको हाकुबेँसी गाउँ उच्च जोखिममा, बस्ती सार्न स्थानीयको माग


प्रतिक्रिया