एनपीएल : आजको खेलमा चितवन र कर्णाली तथा काठमान्डु र पोखरा भिड्ने
काठमाडौं । आज नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आइतबार दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ ।
चितवन राइनोज अंक तालिकाको चौथो स्थानमा रहेर प्लेअफमा पुगिसकेको छ भने कर्णाली याक्स अंक तालिकाको सातौं स्थानमा छ । यसैगरी आज दिउँसो साढे ४ बजे हुने दोस्रो खेलमा काठमान्डु गोर्खाज र पोखरा एभेन्जर्स आमने सामने हुनेछन् ।
प्लेअफमा स्थान सुरक्षित गरिसकेको काठमान्डु अंक तालिकाको तेस्रो स्थानमा छ । पोखरा भने अंक तालिकाको पुछारमा छ । आज हुने दुवै खेलले अंक तालिकाको समीकरण र तालिकामा कुन टिम कहाँ रहने भन्ने स्थानबारे टुंगो लगाउने छ ।
ताजा अपडेट
-
सरकार सबै धर्म, संस्कृति र परम्पराको संरक्षणमा प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
एनपीएल : आजको खेलमा चितवन र कर्णाली तथा काठमान्डु र पोखरा भिड्ने
-
बाँदरको हैरानीले किसान अदुवा खेतीतर्फ आकर्षित
-
सुनसरीमा छठ पर्वका सामग्रीको व्यापार बढ्यो, पूजास्थल तयार
-
अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर आज हर्षोल्लासपूर्वक मनाइँदैछ छठ पर्व

प्रतिक्रिया