NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ कार्तिक ३० गते

गौरीघाटमा छठ पूजा: राष्ट्रपति पौडेलद्वारा अस्ताउँदो सूर्यलाई अर्घ

काठमाडौं- चारदिने छठ पर्वको मुख्य दिन शुक्रबार देशभर अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै हर्षोल्लासका साथ मनाइएको छ। तराई-मधेशका साथै काठमाडौं उपत्यकासहित देशभरका विभिन्न जलाशय र नदी किनारमा श्रद्धालुहरूको घुइँचो लागेको थियो।

काठमाडौंको गौरीघाटस्थित बागमती किनारमा पनि पूजा आराधनाको विशेष कार्यक्रम आयोजना गरिएको छ। छठ पर्वको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले गौरीघाट पुगेर पूजा अर्चना गरेका छन्।

कार्तिक शुक्ल चतुर्थीदेखि सुरु भएको यो पर्व आइतबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि विधिवत् रूपमा सम्पन्न हुनेछ।

ताजा अपडेट

नेपालवाच विशेष