एनपीएल क्वालिफायरमा लुम्बिनी र सुदूरपश्चिम भिड्ने
काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स क्वालिफायर खेलमा आमनेसामने हुने भएका छन्। आइतबार लिग चरणका सबै २८ खेलहरू सम्पन्न भएसँगै प्लेअफको समीकरण स्पष्ट भएको हो।
लिग चरणको अन्तिम खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई ५५ रनले पराजित गरेपछि काठमाडौं अंक तालिकामा तेस्रो स्थानमा झरेको छ। यस नतिजासँगै शीर्ष स्थानमा रहेको लुम्बिनी लायन्स र दोस्रो स्थानमा रहेको सुदूरपश्चिम रोयल्सबीच क्वालिफायर खेल तय भएको हो।
यसैगरी, एलिमिनेटर खेलमा काठमाडौं गोर्खाज र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ। क्वालिफायरको विजेता टोली सिधै फाइनलमा प्रवेश गर्नेछ भने पराजित टोलीले दोस्रो क्वालिफायर खेल्ने अवसर पाउनेछ। एलिमिनेटरमा पराजित हुने टोली भने प्रतियोगिताबाट बाहिरिनेछ।
ताजा अपडेट
-
एनपीएल क्वालिफायरमा लुम्बिनी र सुदूरपश्चिम भिड्ने
-
पोखरा एभेन्जर्सको सहज जित, काठमाण्डु गोर्खाज ५५ रनले पराजित
-
गौरीघाटमा छठ पूजा: राष्ट्रपति पौडेलद्वारा अस्ताउँदो सूर्यलाई अर्घ
-
सरकार सबै धर्म, संस्कृति र परम्पराको संरक्षणमा प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
एनपीएल : आजको खेलमा चितवन र कर्णाली तथा काठमान्डु र पोखरा भिड्ने

प्रतिक्रिया