साताको अन्तिम दिन सुनको मूल्य १२०० रूपैयाँले उकालो, चाँदी स्थिर

काठमाडाैं । आइतबारदेखि बिहीबारसम्म घटेको सुनको मूल्य साताको अन्तिम दिन शुक्रबार भने बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य एक हजार २ सय रूपैयाँ बढेर ९९ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको हो ।
बिहीबार छापावल सुन तोलामा एक हजार रूपैयाँ घटेर ९८ हजार रूपैयाँमा कारोबार भएको थियो । बुधबार सुनको मूल्य तीन सय रूपैयाँ घटेर ९९ हजार रूपैयाँमा कारोबार भएको थियो । मंगलबार छापावाल सुन प्रतितोला नौ सय घटेर ९९ हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै छापावाल सुन सोमबार तीन सय रूपैयाँ र आइतबार चार सय रूपैयाँ घटेको थियो ।
बिहीबार ९७ हजार पाँच सय रूपैयाँ तोकिएको तेजावी सुन शुक्रबारको लागि ९८ हजार ७ सय रूपैयाँ कायम गरिएको छ । बिहीबार तोलामा २० रूपैयाँ घटेको चाँदी स्थिर छ । शुक्रबार चाँदी बिहीबारकै मूल्य अर्थात एक हजार ३२० रूपैयाँमा कारोबार भइरहेको हो ।
ताजा अपडेट
-
स्थानीय तहको न्यायिक समिति सुदृढीकरणमा नीतिगत सुधार आवश्यक
-
एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेट : भुटानलाई हराएसँगै नेपाल समूह बिजेता बन्दै सेमिफाइनलमा
-
वायुसेवा निगमको सदृढीकरण अपरिहार्यः पर्यटनमन्त्री पाण्डे
-
निजामती विधेयकमा उठेका विषयमा छानबिन गर्न सभामुखलाई आग्रह
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
प्रतिक्रिया