NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ मंसिर ४ गते

मधेस प्रदेशमा १० वर्षयताकै उच्च बजेट विनियोजन गरिएको छ : मन्त्री लम्साल

काठमाडौं: पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले वर्तमान सरकारले पछिल्लो १० वर्षको तुलनामा मधेस प्रदेशमा सबैभन्दा बढी बजेट विनियोजन गरेको बताएका छन्। बुधबार जनकपुरधाममा आयोजित एक कार्यक्रममा उनले चालु आर्थिक वर्षमा स्थानीय तथा ग्रामीण सडक निर्माणका लागि मात्रै ५० अर्ब रुपैयाँभन्दा बढी बजेट छुट्याइएको जानकारी दिए।

मन्त्री लम्सालले मधेस प्रदेशको विकासका लागि सरकारले उच्च प्राथमिकता दिएको स्पष्ट पार्दै आगामी दिनमा पनि बजेट वृद्धि गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे। खानेपानी र अन्य पूर्वाधार निर्माणका क्षेत्रमा पनि उल्लेख्य बजेट विनियोजन गरिएको उनले बताए।

मधेस प्रदेशमा श्रमिकहरूको सङ्ख्या बढी रहेकाले उनीहरूलाई न्यायोचित पारिश्रमिक उपलब्ध गराउने उद्देश्यले दैनिक ज्यालादरमा समेत वृद्धि गरिएको मन्त्री लम्सालले जानकारी दिए। सरकारले मधेसको समग्र विकास, सडक सञ्जाल विस्तार तथा आधारभूत पूर्वाधार निर्माणलाई प्राथमिकताका साथ अघि बढाएको उनको भनाइ छ।

ताजा अपडेट

नेपालवाच विशेष