वैदेशिक रोजगार ठगीका फरार आरोपितको बैंक खाता रोक्का गरिँदै
काठमाडौं । वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भए पनि फरार रहेका आरोपितहरूको बैंक खाता रोक्का गर्ने प्रक्रिया अघि बढाइने भएको छ।
युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवका अनुसार वैदेशिक रोजगार विभागले फरार आरोपितहरूको विवरण संकलन गरी नेपाल राष्ट्र बैंकलाई पत्राचार गर्ने तयारी गरेको छ।
विभागले गत कात्तिक ९ गते सार्वजनिक सूचना जारी गर्दै वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दामा फरार रहेका व्यक्तिहरूलाई ३५ दिनभित्र विभाग वा नेपाल प्रहरीको सम्पर्कमा आउन आग्रह गरेको थियो।
तोकिएको अवधिभित्र सम्पर्कमा नआए बैंक खाता रोक्का गर्ने तथा यात्रा अनुमतिसम्बन्धी प्रक्रिया अघि बढाउने चेतावनीसमेत सूचनामा दिइएको थियो।
मन्त्री यादवका अनुसार विभागले सूचनाको म्यादभित्र उपस्थित नभएका व्यक्तिहरूको विवरण तयार गरी आगामी मङ्सिर १४ गते नेपाल राष्ट्र बैंकलाई औपचारिक पत्र पठाउने तयारी गरेको छ।
यसका लागि विभागले सम्बन्धित शाखालाई फरार आरोपितहरूको सूची तयार गर्न र बैंक खाता रोक्काको प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ।
३५ दिने अवधि पूरा भएपछि फरार आरोपितहरूको आर्थिक कारोबार नियन्त्रण गर्न बैंक खाता रोक्का गर्ने प्रक्रिया सुरु गरिने मन्त्री यादवले जानकारी दिए।
मन्त्रालयका अनुसार यस कदमले वैदेशिक रोजगारीका नाममा ठगी गरेर फरार रहेका व्यक्तिहरूलाई कानुनी प्रक्रियामा ल्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
वैदेशिक रोजगार ठगी नियन्त्रण गर्ने, पीडितलाई न्याय दिलाउने र आरोपितहरूलाई कानुनी दायरामा ल्याउने उद्देश्यले मन्त्रालय तथा विभागले प्रक्रिया अघि बढाएको जनाइएको छ।
ताजा अपडेट
-
JW8 Bangladesh Mobile App Guide: Play Casino & Sports on the Go
-
NBajee Bangladesh app and mobile guide
-
वैदेशिक रोजगार ठगीका फरार आरोपितको बैंक खाता रोक्का गरिँदै
-
प्रधानमन्त्री वालेन्द्र शाह भारतको दुईदिने राजकीय भ्रमणमा जाँदै
-
मधेसका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आज शपथ लिँदै

प्रतिक्रिया