सरकारले निःशुल्क लोकसेवा तयारी कक्षाका लागि आवेदन खुलायो
काठमाडौं। राष्ट्रिय युवा परिषद्ले शाखा अधिकृतको प्रथम पत्र र नायब सुब्बाको पूर्ण तयारी कक्षाका लागि निःशुल्क आवेदन खुलाएको छ। इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको १५ दिनभित्र अर्थात् मंसिर १८ गतेसम्म आवेदन दिन सक्नेछन्।
परिषद्का अनुसार छनोटमा परेका उम्मेदवारले कुनै शुल्क नतिरी तयारी कक्षा लिन पाउनेछन्। यस वर्ष भौतिक रूपमा १०० जनालाई निःशुल्क पढाउने लक्ष्य राखिएको छ। यद्यपि शाखा अधिकृत र नायब सुब्बाका लागि छुट्टाछुट्टै कोटा भने सार्वजनिक गरिएको छैन।
तयारी कक्षा निजी इन्स्टिच्युटमार्फत सञ्चालन गरिनेछ। सार्वजनिक खरिद प्रक्रियाबाट न्यूनतम कबोल गर्ने संस्थालाई छनोट गरी कक्षा सञ्चालनको जिम्मा दिइने परिषद्ले जनाएको छ।
कार्यक्रमका लागि चालू आर्थिक वर्षमा १३ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ। उक्त बजेटबाट लोकसेवा आयोगसँगै शिक्षक सेवा आयोगको तयारी कक्षा पनि सञ्चालन गरिनेछ।
परिषद्ले २०८०/८१ देखि सञ्चालन गर्दै आएको यो कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिएको हो। छनोट प्रक्रिया पूरा भएपछि मध्यपुस वा माघदेखि कक्षा सञ्चालन गर्ने तयारी छ। मन्त्रालयले अनलाइन कक्षा सञ्चालन गर्नसमेत निर्देशन दिएको छ।
ताजा अपडेट
-
अयोध्याबाट जनकपुर आइपुग्यो सरयु-कमला एक्सप्रेस रेल
-
नेपाल आईआईटी क्याम्पस खोल्ने विश्वको तेस्रो देश बन्ने
-
ताप्लेजुङ केन्द्रबिन्दु भएर ५.६ म्याग्निच्युडको भूकम्प, भारतसम्म महसुस
-
दशौं राष्ट्रिय खेलकुदका खेलहरू आजदेखि सुरु, आज यी पाँच खेलमा हुनेछन् प्रतिस्पर्धा
-
सरकारले निःशुल्क लोकसेवा तयारी कक्षाका लागि आवेदन खुलायो

प्रतिक्रिया