कांग्रेस नेता आलमको मुद्दाको पेसी आज
काठमाडौं । नेपाली कांग्रेसका नेता अफताब आलमविरुद्धको मुद्दाको पेसी आजलाई तोकिएको छ । यसअघि हेर्दाहेर्दैमा मुद्दाको सुनुवाइ आज हुँदैछ । उनीविरुद्धको मुद्दा सुनुवाइ गर्न सर्वोच्च अदालका न्यायाधीशद्वय सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासमा पेसी तोकिएको छ ।
पूर्वमन्त्रीसमेत रहेका आलमविरुद्ध विस्फोटक पदार्थ र बम प्रयोग गरी ज्यान मारेको अभियोगमा मुद्दा चलिरहेको छ ।
यसअघि पनि पटकपटक पेसी तोकिएको थियो, तर सुनुवाइ भएको छैन । यो मुद्दा सात पटक स्थगित भएको थियो भने पाँचपटक हेर्न नमिल्नेमा राखिएको थियो । यस्तै चारपटक हेर्न नभ्याइनेमा पारिएको थियो ।
यसअघि जिल्ला अदालत रौतहटको पुर्पक्षका लागि आलमलाई थुनामा राख्न दिएको आदेश उच्च अदालत वीरगञ्जले सदर गरको थियो । सोविरुद्ध आलमले सर्वोच्चमा ०७७ मा फैसला बदरको माग गर्दै निवेदन दिएका थिए ।
०६४ को संविधानसभाको निर्वाचनका बेला रौतहबाट उठेका आलमले चुनाव जित्न बम आतंक फैलाउन खोजेका थिए । बम बनाउने क्रममा विस्फोट भएको थियो । चैत २७ गते भएको उक्त घटानाका घाइतेहरूलाई ज्युँदै इँटाभट्टामा हालेर हत्या गरेको उनीमाथि अभियोग छ ।
यो घटना १२ वर्षपछि बाहिरिएको थियो । त्यसपछि उनी सांसद पदबाट निलम्बित भएका छन् । अहिले उनी थुनामा छन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया