NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ मंसिर १४ गते

धादिङमा ६५ वर्षीय वृद्धको हत्या आरोपमा छिमेकी पक्राउ

धादिङ – धादिङको गजुरी गाउँपालिका–८ कटुन्जेमा ६५ वर्षीय हरिबहादुर ढुंगानाको हत्या गरेको आरोपमा प्रहरीले छिमेकीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय ३८ वर्षीय सूर्यबहादुर थिङ रहेका छन् ।

मंसिर १२ गते ढुंगाना आफ्नै घरको कोठामा शंकास्पद अवस्थामा मृत फेला परेका थिए । उनको टाउकोलगायत शरीरका विभिन्न भागमा चोट लागेको र दाहिने हातको नाडीको हड्डी भाँचिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा थिङले मंसिर ११ गते राति ढुंगानालाई कुटपिट गरी हत्या गरेको खुलेको छ ।

पक्राउ परेका थिङलाई आइतबार जिल्ला अदालतमा उपस्थित गराइएको थियो । अदालतले थप अनुसन्धानका लागि पाँच दिनको म्याद दिएको छ । प्रहरीका अनुसार थिङ यसअघि पनि सार्वजनिक अपराध तथा हातहतियारसम्बन्धी कसुरमा अनुसन्धानमा परेका थिए ।

ताजा अपडेट

नेपालवाच विशेष