नर्भिकले भोलि यूरोलोजी टिम परिचालन गरी निःशुल्क ओपिडी सेवा सञ्चालन गर्ने
काठमाडौं । नर्भिक अस्पतालले भोलि (शनिबार) दुई यूरोलोजी टिमलाई परिचालन गरी निशुल्क ओपिडी सेवा सञ्चालन गर्ने भएको छ । अस्पतालले अस्पतालको विशेष अभियानअन्तर्गत भालि दुई यूरोलोजी टिमलाई परिचालन गरी निशुल्क ओपिडी सेवा सञ्चालन गर्ने भएको हो ।
गत चैत महिना भरी पनि अस्पतालले यूरोलोजी टिमकै विशेष ओपिडी अभियान सञ्चालन गरेको थियो । उक्त अभियान पुनः सर्वसाधारणको मागमा भोलि सञ्चालन गर्ने अस्पतालले जनाएको छ । अस्पतालका अनुसार उक्त निःशुल्क ओपिडी सेवा भोलि बिहान ९ बजेदेखि साढे १० बजेसम्म एउटा टिम र ८ बजेदेखि १० बजेसम्म अर्को टिम परिचालन गरी सेवा सञ्चालन गर्ने छ ।
यूरोसर्जरी विशेषज्ञ डाक्टर सञ्जीवभक्त विष्ट र डाक्टर सुनिल क्षेष्ठको टिमले प्रोस्टेड ग्रन्थीसम्बन्धि सबै खालका समस्या भएका बिरामीको लागि ८ बजेदेखि १० बजेसम्म उक्त ओपिडी सेवा प्रदान गर्ने छ ।
त्यस्तै यूरोलोजी विशेषज्ञ डाक्टर प्राडा रविन जोशी र डाक्टर ईशान मल्लको टिमले मृर्गौला, मूत्रनली, तथा मूत्रथैलीको पत्थरी, क्यान्सर, प्रोस्टेड, अण्डकोश तथा हर्नियाको समस्या भएका बिरामीको लागि ओपिडी सेवा ९ बजेदेखि साढे १० बजेसम्म प्रदान गर्ने अस्पतालले जानकारी दिएको हो ।
उक्त ओपिडी सेवामा सहभागी भई उपचार गर्नुपर्ने आवश्यक बिरामीलाई उपचार शुल्कमा विशेष छुटको व्यवस्थासमेत गरिएको अस्पतालले जनाएको छ ।
ताजा अपडेट
-
पहिरोका कारण देशका विभिन्न जिल्लाका मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित
-
मुग्लिन–काठमाडौं सडक साँझ ६ बजेसम्म बन्द
-
हेटौँडा–काठमाडौँ वैकल्पिक सडक सञ्चालनको तयारी
-
देशभर मनसुनी वायुको प्रभाव कायमै, यी स्थानमा आज पानी पर्ने
-
दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन्


प्रतिक्रिया