मेलम्चीको १७ करोड लिटर पानी आजबाट वितरण हुने
काठमाडाैं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले आजदेखि मेलम्चीको १७ करोड लिटर पानी वितरण गर्ने भएको छ । मेलम्ची आयोजनाबाट आउने १७ करोड लिटर पानी आइतबार दिउँसोदेखि वितरण प्रणालीमा पठाइने केयुकेएलले जनाएको हो ।
मेलम्चीको १७ करोड लिटर पानी थपिएसँगै अब उपत्यकामा २७ करोड लिटर पानी वितरण हुने केयुकेएलले जनाएको छ ।
गत वैशाख ११ गते मिनभवनबाट मेलम्चीको पानी आंशिक रूपले वितरण सुरु भएको थियो । वितरण प्रणालीमा १७ करोड लिटर पानी पठाएसँगै अब बाँकी क्षेत्रमा पनि वितरण सुरु हुने भएको हो ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया