राष्ट्र बैंकले शंकास्पद कारोबारको सूक्ष्म अध्ययन गर्दै, १५ वाणिज्य बैंकको निरीक्षण
काठमाडाैं । नेपाल राष्ट्र बैंकको वित्तीय जानकारीको इकाइले शंकास्पद कारोबारको सूक्ष्म अध्ययन भइरहेको बताउँदै इकाइलाई गत फागुन मसान्तसम्म एक हजार ५५६ वटा शंकास्पद कारोबार प्रतिवेदन प्राप्त भएको जनाएको छ ।
उक्त अवधिमा ४६४ वटा प्रतिवेदन विश्लेषण भएकामा २६५ वटा अभिलेखीकरण गरिएका तथा १९९ वटा प्रतिवेदन इकाइले अनुसन्धानका लागि कानून कार्यान्वयन गर्ने निकायमा पठाएको छ ।
यसैबीच नेपाल राष्ट्र बैंकले उक्त अवधिसम्म सरकारको कूल आन्तरिक ऋण दायित्व ६० अर्ब ५७ करोड ३४ लाख रहेको जनाउँदै हालसम्म २९ अर्ब २४ करोड ६७ लाख बराबरको आन्तरिक ऋण भुक्तानी गरेको बताएको छ ।
त्यसैगरी सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रणसम्बन्धी सुपरीवेक्षकीय प्रभावकारिता अभिवृद्धिका निम्ति तयार गरिएको कार्यविधिअनुसार फागुन मसान्तसम्म १५ वटा वाणिज्य बैंकको निरीक्षण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया