आइजिपी नियुक्तिप्रति शेखर कोइरालाको आपत्ति
काठमाडौं । वरियता र प्रक्रिया मिलेर नेपाल प्रहरीको आइजिपी नियुक्त गर्ने सरकारको निर्णयप्रति कांग्रेस नेता डा. शेखर कोइरालाले आपत्ति जनाएका छन् । सरकारले विधि मिचेर नियुक्ति गरेको भन्दै डा. कोइरालाले आपत्ति जनाएका हुन् ।
‘वरियता र प्रक्रिया मिचेर नेपाल प्रहरीको आईजीपी नियुक्त गर्ने सरकारको निर्णयले विधिको शासनको खिल्ली उडाउँने काम गरेको छ।
सरकारको यो निर्णयले सिंगो प्रहरी संगठनलाई फेरि एकपटक विवादमा ल्याएको छ।’ काेइरालाले सामाजिक संजाल ट्वीटरमा लेखेका छन् ।
मन्त्रिपरिषद्को आजको बैठकले दाबेदार विश्वराज पोखरेल, सहकुल थापा, धिरजप्रताप सिंह र रवीन्द्र धानुकमध्येबाट सिंहलाई आइजिपी बनाएको थियो ।
सरकारले ज्येष्ठता र वरियता मिचेर नियुक्ति दिएको भन्दै आलोचना सुरु भएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया