आइजिपी नियुक्तिप्रति शेखर कोइरालाको आपत्ति
काठमाडौं । वरियता र प्रक्रिया मिलेर नेपाल प्रहरीको आइजिपी नियुक्त गर्ने सरकारको निर्णयप्रति कांग्रेस नेता डा. शेखर कोइरालाले आपत्ति जनाएका छन् । सरकारले विधि मिचेर नियुक्ति गरेको भन्दै डा. कोइरालाले आपत्ति जनाएका हुन् ।
‘वरियता र प्रक्रिया मिचेर नेपाल प्रहरीको आईजीपी नियुक्त गर्ने सरकारको निर्णयले विधिको शासनको खिल्ली उडाउँने काम गरेको छ।
सरकारको यो निर्णयले सिंगो प्रहरी संगठनलाई फेरि एकपटक विवादमा ल्याएको छ।’ काेइरालाले सामाजिक संजाल ट्वीटरमा लेखेका छन् ।
मन्त्रिपरिषद्को आजको बैठकले दाबेदार विश्वराज पोखरेल, सहकुल थापा, धिरजप्रताप सिंह र रवीन्द्र धानुकमध्येबाट सिंहलाई आइजिपी बनाएको थियो ।
सरकारले ज्येष्ठता र वरियता मिचेर नियुक्ति दिएको भन्दै आलोचना सुरु भएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया