एनआरएनए स्वास्थ्य समितिमा डा. सापकोटा
गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिका संयोजकमा डा. सञ्जीव सापकोटा मनोनीत भएका छन् । एनआरएनएको शनिबार बसेको ८५ औंँ बैठकले डा. सापकोटालाई सो समितिका संयोजकमा पुनः चयन गरेको हो ।
ग्लोबल नेपाली हेल्थ एक्स्पर्ट डा सापकोटा कोरोना महामारीमा विदेशमा रहेका नेपालीको तथ्यांक संकलन तथा स्वास्थ्यसम्बन्धी जनचेतना कार्यमा संलग्न भइसकेका छन् । उनीसँग विश्व स्वास्थ्य संगठनलगायत विभिन्न सरकारी जनस्वास्थ्य निकायमा जनस्वास्थ्य विशेषज्ञ, मेडिकल इपिडिमियोलोजिस्ट, अनुसन्धान वैज्ञानिक, परियोजना प्रबन्धक, वरिष्ठ तथ्यांक विश्लेषक, सञ्चार विशेषज्ञलगायत विभिन्न पदमा जनस्वास्थ्य र स्वास्थ्य सेवामा करिब २० वर्ष काम गरेको अनुभव रहेको एनआरएन सञ्चारकर्मी चिरन शर्माले जानकारी दिए ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया