राष्ट्र बैंकद्वारा २ अर्बको नागरिक बचतपत्रको आवेदन खुला, ब्याजदर ११ प्रतिशत
काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई अर्ब बराबरको नागरिक बचतपत्रको आवेदन खुला गरेको छ । बैंकले आइतबारदेखि २२ गतेसम्म उक्त आवेदन खुलाएको हो ।
वाणिज्य बैंकले हाल निक्षेपमा अधिकतम ११.३ प्रतिशत ब्याजदर दिइरहेको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो पटकको बचतपत्रको ब्याजदर बैंकको भन्दा कम रहेकाले नागरिकको आकर्षण हुन नसकेको कारण यो पटक सोही पक्षलाई ध्यानमा राखी ब्याजदर बढाएको राष्ट्र बैंकले जनाएको छ ।
उक्त बचतपत्रका लागि विदेशमा रहेका नेपालीले आफू रहेकै स्थानबाट पनि नागरिक बचतपत्रमा लगानी गर्न सक्ने सुविधा यो वर्षदेखि लागू भएको बैंकले उल्लेख गरेको छ । बैंकले अनलाइन प्रणलीमार्फत आवेदन दिन सक्ने व्यवस्था भएसँगै उक्त सुविधा भएको हो ।
बैंकले बचतपत्रका परिपक्वको अवधि ०८४ वैशाख १५ गतेसम्म रहेको जनाएको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया