अप्रिलमा ५८ हजार पर्यटकले गरे नेपाल भ्रमण

काठमाडौं । अप्रिलमा ५८ हजार पर्यटकले नेपाल भ्रमण गरेका छन् । कोरोना महामारी कम हुँदै गएकाले नेपालमा पर्यटकको संख्यामा विस्तारै वृद्धि भएको पर्यटन बोर्डले जनाएको छ ।
बोर्डका अनुसार गत वर्ष २०२१ को अप्रिलमा २२ हजार ४ सय ५० जना पर्यटकले नेपाल भ्रमण गरेका थिए । त्यस्तै सन् २०२० को अप्रिलमा १४ जना मात्र पर्यटकले भ्रमण गरेका थिए । त्यतिबेला विश्व नै कोरोना महामारीमा परेको कारण पर्यटकको संख्यामा कमी आएको हो ।
त्यस्तै २०१९ को अप्रिलमा १ लाख ९ हजार ३ सय ९९ जनाले नेपाल भ्रमण गरेको पर्यटन बोर्डको तथ्यांकमा उल्लेख छ । २०२२ को अप्रिलमा सबैभन्दा बढी पर्यटक भारतबाट आएको तथ्यांकमा देखिएको छ ।
तथ्यांकअनुसार उक्त समयमा भारतबाट २२ हजार ४ सय ७७ जना पर्यटक नेपाल आएका छन् । त्यस्तै भारतपछि अमेरिका तथा बेलायतबाट पर्यटन नेपाल भ्रमणमा आएका छन् ।
प्रतिक्रिया