अप्रिलमा ५८ हजार पर्यटकले गरे नेपाल भ्रमण
काठमाडौं । अप्रिलमा ५८ हजार पर्यटकले नेपाल भ्रमण गरेका छन् । कोरोना महामारी कम हुँदै गएकाले नेपालमा पर्यटकको संख्यामा विस्तारै वृद्धि भएको पर्यटन बोर्डले जनाएको छ ।
बोर्डका अनुसार गत वर्ष २०२१ को अप्रिलमा २२ हजार ४ सय ५० जना पर्यटकले नेपाल भ्रमण गरेका थिए । त्यस्तै सन् २०२० को अप्रिलमा १४ जना मात्र पर्यटकले भ्रमण गरेका थिए । त्यतिबेला विश्व नै कोरोना महामारीमा परेको कारण पर्यटकको संख्यामा कमी आएको हो ।
त्यस्तै २०१९ को अप्रिलमा १ लाख ९ हजार ३ सय ९९ जनाले नेपाल भ्रमण गरेको पर्यटन बोर्डको तथ्यांकमा उल्लेख छ । २०२२ को अप्रिलमा सबैभन्दा बढी पर्यटक भारतबाट आएको तथ्यांकमा देखिएको छ ।
तथ्यांकअनुसार उक्त समयमा भारतबाट २२ हजार ४ सय ७७ जना पर्यटक नेपाल आएका छन् । त्यस्तै भारतपछि अमेरिका तथा बेलायतबाट पर्यटन नेपाल भ्रमणमा आएका छन् ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया