क्रेडिट कार्डबाट अब बढीमा १० प्रतिशत मात्रै नगद झिक्न पाइने
काठमाडौं । नेपाल राष्ट्र बैंकले क्रेडिट कार्डबाट हुने कारोबारमा कडाइ गरेको छ । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन–२०७८ मा संशोधन गर्दै क्रेडिट कार्डबाट हुने कारोबारमा कडाइ गरेको हो ।
राष्ट्र बैंकका अनुसार क्रेडिट कार्डबाट कारोबार गर्दा अत्यावश्यक भएको अवस्थामा कार्डको स्वीकृत सीमाको १० प्रतिशत नगद झिक्न पाइनेछ । यस्तै क्रेडिट कार्डमार्फत् वालेटमा लोड गरिएको रकम वस्तु तथा सेवाको विद्युतीय भुक्तानीका लागि मात्रै प्रयोग गर्नुपर्ने छ ।
उक्त रकम बैंक खातामा ट्रान्सफर गर्न र नगद झिक्न नमिल्ने अवस्थामा सम्बन्धित भुक्तानी सेवा प्रदायक संस्थाले गर्नुपर्ने छ । विद्युतीय वालेटमा रकम लोड गर्दा, एक वालेटबाट अर्को वालेटमा रकमान्तर गर्दा तथा अन्य विद्युतीय भुक्तानी कारोबार गर्दा अनिवार्य रुपमा प्रयोजन खुलाउनुपर्न व्यवस्था गर्नुपर्ने छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया