माओवादीका उम्मेदवारमाथि खुकुरी प्रहार, अवस्था गम्भीर
काठमाडौं । बैतडीमा वडा सदस्यका उम्मेदवारमाथि खुकुरी प्रहार भएको छ । जिल्लाको डिलासैनी गाउँपालिका–५ का वडा सदस्य उम्मेदवार हरिराम साउदमाथि सोमबार राति खुकुरी प्रहार भएको हो ।
खुकुरी प्रहारबाट ६० वर्षीय साउदको टाउकोमा गहिरो चोट लागेको जिल्ला प्रहरी कार्यालय, बैतडीले जनाएको छ । स्थानीय गोकुलेश्वर अस्पतालमा उपचारका लागि लगिएकोमा त्यहाँ सम्भव नभएपछि धनगढी पठाइएको छ ।
साउद माओवादी केन्द्रको तर्फबाट वडा सदस्यको उम्मेदवार बनेका थिए । अजित साउदको समूहले हरिराममाथि आक्रमण गरेको स्थानीयले आरोप लगाएका छन् । प्रहरीले आक्रमणकारीको खोजी भइरहेको जनाएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया