संविधान र समग्र प्रणालीको रक्षा गर्न वाम–लोकतान्त्रिक शक्तिलाई विजयी गराउन प्रचण्डको अपिल
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्पूर्ण वामपन्थी प्रगतिशील, देशभक्त र लोकतान्त्रिक शक्तिहरूको व्यापक ध्रुवीकरणको बलमा मात्र समाजवादको आधार तयार गर्न सकिने जिकिर गरेका छन् ।
इस्लाम धर्मावलम्बीहरूको पर्व इद (इद उल फित्र) का अवसरमा मंगलबार शुभकामना दिँदै उनले राष्ट्रिय एकताको बलमा आर्थिक समृद्धि हासिल गर्दै संविधानद्वारा निर्देशित समाजवादउन्मुख राज्यको दिशामा अगाडि बढ्नु मुख्य प्राथमिकता रहेको बताए ।
उनले आसन्न स्थानीय तहको निर्वाचनबाट प्रतिगामी प्रतिक्रियावादी शक्तिलाई परास्त गर्दै वाम–लोकतान्त्रिक शक्तिहरू सामु संविधान र समग्र प्रणाली कै रक्षा गर्नुपर्ने दायित्व रहेको उल्लेख गरेका छन् ।
आगामी निर्वाचनमा प्रतिगमनकारी शक्तिहरूलाई पराजित गरी अग्रगामी परिवर्तनकारी शक्तिलाई विजयी गराउन प्रचण्डले अपिल गरेका छन् ।

ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया