सिभिल लघुवित्तको २१ हजार कित्ता संस्थापक सेयर लिलामीमा
काठमाडौं । सिभिल लघुवित्त वित्तिय संस्था लिमिटेडको २१ हजार कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको छ । कम्पनीले सुरज अधिकारीको नाममा रहेको १५ हजार कित्ता र बोध प्रसाद त्रिपाठीको नाममा रहेको ६ हजार कित्ता सेयर बिक्री गरेको गर्न लागेको हो ।
सेयरको मूल्य प्रतिकित्ता ७ सय रुपैयाँ तोकिएको छ । विद्यमान संस्थापक शेयरधनीहरुले तोकिएको मिति भित्र तोकिएको मुल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ ।
रितपूर्वक भरिएको गोप्य शिलबन्दी बोलपत्र कम्पनीको केन्द्रिय कार्यालय चावहिल, काठमाडौंमा पेश गर्नु पर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन पर्न नआएमा अन्य व्यक्ति तथा संस्थाहरुमा उल्लेखित सेयर विक्री गरिने जनाएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया