त्रिभुवन विमानस्थलमा शंकास्पद वस्तु रहेको आशंका, उडान प्रभावित

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शंकास्पद वस्तु रहेको हल्ला चलेपछि उडान प्रभावित भएको छ । विमानस्थलको आन्तरिक उडान हुने स्थानमा शंकास्पद वस्तु भेटिएको हल्ला चलेपछि उडान प्रभावित भएको हो ।
एक व्यक्तिले आन्तरिक उडानतर्फ बम रहेको टेलिफोनमार्फत जानकारी दिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । तर अहिलेसम्म शंकास्पद वस्तु फेला परेको भने छैन ।
शंकास्पद वस्तु रहेको आशंकापछि आन्तरिक उडानका लागि पुगेका यात्रुलाई बाहिर निकालिएको छ । शंकास्पद वस्तु रहे÷नरहेकोबारे अहिले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले अनुसन्धान गरिरहेको छ ।
बमको हल्लाले आन्तरिक उडान प्रभावित रहे पनि अन्तर्राष्ट्रिय उडान भने पूर्ववत् जारी छ ।
ताजा अपडेट
-
युएई जाने नेपाली श्रमिकको तलब निर्धारण
-
उद्धार अभ्यासका क्रममा गोताखोरका दुई सशस्त्र प्रहरी सप्तकोशीमा बेपत्ता
-
‘लगानी बोर्डको बैठक : मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृत
-
साताको अन्तिम दिन नेप्से परिसूचक पाँच दशमलव ९९ अङ्कले घट्यो
-
राष्ट्रिय सभामा सांसदहरुले भने- ‘आगामी आवको बजेट सन्तुलित र यथार्थपरक छ’
प्रतिक्रिया