त्रिभुवन विमानस्थलमा शंकास्पद वस्तु रहेको आशंका, उडान प्रभावित
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शंकास्पद वस्तु रहेको हल्ला चलेपछि उडान प्रभावित भएको छ । विमानस्थलको आन्तरिक उडान हुने स्थानमा शंकास्पद वस्तु भेटिएको हल्ला चलेपछि उडान प्रभावित भएको हो ।
एक व्यक्तिले आन्तरिक उडानतर्फ बम रहेको टेलिफोनमार्फत जानकारी दिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । तर अहिलेसम्म शंकास्पद वस्तु फेला परेको भने छैन ।
शंकास्पद वस्तु रहेको आशंकापछि आन्तरिक उडानका लागि पुगेका यात्रुलाई बाहिर निकालिएको छ । शंकास्पद वस्तु रहे÷नरहेकोबारे अहिले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले अनुसन्धान गरिरहेको छ ।
बमको हल्लाले आन्तरिक उडान प्रभावित रहे पनि अन्तर्राष्ट्रिय उडान भने पूर्ववत् जारी छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया