असन्तुष्ट पक्षद्वारा विप्लव महासचिवबाट निष्कासित
काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा विभाजन भएको छ ।
धमेन्द्र बाँस्तोला र हेमन्तप्रकाश वली ‘सुदर्शन’ पक्षको बुधबार चितवनमा शुरु भएको भेलाले विप्लवलाई महासचिवबाट निष्कासन गरेसँगै यो पार्टी औपचारिक रुपमै फुटेको हो ।
विप्लवलाई निष्कासन गरेपछि बाँस्तोलाको संयोजकत्वमा पार्टी पुनर्गठन गरिएको छ ।
स्राेतका अनुसार नेकपाका सल्लाहकार अध्यक्ष ईश्वरी दाहाल ‘असारे काका’ले पार्टीको महासचिवबाट विप्लवलाई निष्कासन गर्ने प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्ताव बहुमतले स्विकृत भएको हो ।
विप्लवले निर्वाचनमा जाने घोषणा गरेसँगै पार्टीभित्र असन्तुष्टि सुरु भएको थियो । अहिले आएर पार्टी औपचारिक रुपमै विभाजन भएको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया