समृद्ध पोखराका लागि एमालेका उम्मेदवारले जारी गरे ९ ‘स’को संकल्प प्रस्ताव
काठमाडौं । वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि नेकपा (एमाले)बाट पोखरा महानगरपालिकामा मेयर र उपमेयरका उम्मेदवारले विकास र समृद्धिका लागि ९ ‘स’को संकल्प जारी गरेका छन् ।
बुधबार मेयरका उम्मेदवार कृष्ण थापा र उपमेयर मञ्जुदेवी गुरुङले ‘समृद्ध नेपाल र सुखी पोखरेली’को नारासहित संकल्प जारी गरेका हुन् ।
उनीहरूले सम्मानसहित सामाजिक सुरक्षा र न्याय, स्वच्छ र सफा पोखरा, संस्कृति र सम्पदा संरक्षणलगायतका संकल्प गरेका छन् । यस्ता छन् ९ संकल्प :
१. सुशासन र प्रविधिमैत्री सेवा
२. सम्मानसहित सामाजिक सुरक्षा र न्याय
३. स्वच्छ, सफा र हराभरा पोखरा
४.संस्कृति, पर्यटन र सम्पदा संरक्षण
५. समृद्ध पोखराका लागि वातावरणमैत्री पूर्वाधार
६. स्वावलम्भन पोखराकालागि सहकारी
७. सिर्जनामा सहकार्य, सशक्त महिला उद्यमी र युवा
८. सरसफाइ, स्वच्छ खानेपानी र सार्वजनिक शौचालय
९. शिक्षा, स्वास्थ्य र रोजगारीमा सबैको पहुँच ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया